नियम ६३
डेलिभरी सुविधाको निमित्त (पोष्टबाक्स) हुलाक मन्जुषा

रजिष्ट्री नभएको र महसुल तिरिएका हुलाक वस्तुहरूको डेलिभरी ठेगानावालाको सुविधाको लागि सम्बन्धित ठेगानावालाको नाममा कुनै नम्बरको हुलाक मन्जुषा (पोष्टबाक्स) उपयोग गर्ने ठेगानावालालाई नेपाल सरकारले तोकिदिए बमोजिमको दस्तुर लाग्नेछ । जुन सम्बन्धित हुलाकको हुलाक हाकिमलाई नगद चुक्ता गर्नु पर्नेछ । पोष्टबाक्स राख्न सकिने हुलाक र
यस सम्बन्धित शर्त बन्देज तथा तरिका महानिर्देशकले तोकिदिए बमोजिम हुनेछ ।